नेपालमा कोरियाली शैक्षिक मेला हुँदै

नेपालमा कोरियाली शैक्षिक मेला हुँदै
+
-

काठमाडौँ – नेपालमा पहिलो पटक ‘कोरियन एजुकेसन फेयर’ आयोजना हुने भएको छ। नेपाल शैक्षिक परामर्श सेवा सङ्घ (नेक्सा) ले यही कात्तिक २२ गते उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै मेला आयोजना गर्न लागेको जनाएको छ।

मेलामा कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष सूचना दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। नेपाली विद्यार्थीका लागि एक आकर्षक अध्ययन गन्तव्यका रूपमा उदाउँदो दक्षिण कोरियाली विश्वविद्यालयले अन्तरराष्ट्रिय विद्यार्थीमैत्री वातावरण, आधुनिक शैक्षिक पूर्वाधार, प्राविधिक दक्षता र अनुसन्धान–केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको सङ्घको भनाइ छ।

ती विश्वविद्यालयमा विशेष छात्रवृत्ति र सहुलियतका बारेमा पनि मेलामा जानकारी मिल्ने तथा त्यहाँ अध्ययनसँगै कमाएर स्वदेश फर्कन पनि सहजे हुने सङ्घका अध्यक्ष सन्तोष खनालले बताए।

करिब पाँच हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा चार वटा कोरियाली विश्वविद्यालयहरु डेवोन विश्वविद्यालय, येवेन कला विश्वविद्यालय, डोन युइ विश्वविद्यालय र नामस्वेल विश्वविद्यालका प्रतिनिधि र ४० वटा शैक्षिक परामर्श दातृ संस्थाको सहभागिता रहनेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’