काठमाडौँ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका छन्।
मन्त्री गुप्ताले शनिबार निर्माणाधिन क्रिकेट मैदानको निरीक्षण गरेका हुन्।
मैदानमा १० हजार दर्शक क्षमताको प्याराफिट निर्माण भइसकेको छ। हाल फ्लडलाइट निर्माणको काम भइरहेको छ।
नेपाल क्रिकेट संघ क्यानले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) फ्लडलाइटमा खेलाउने बताउँदै आएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































