एकीकृत समाजवादीसँगको पार्टी एकता स्वीकार्य छैनः जनार्दन शर्मा

एकीकृत समाजवादीसँगको पार्टी एकता स्वीकार्य छैनः जनार्दन शर्मा
+
-
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गर्ने कुरा मान्य नहुने चेतावनी दिएका छन्।

शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उनले एकता मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिएका हुन्।

पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्ने गरी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने उनको जिकिर थियो।

नेता शर्माले अध्यक्ष दाहालले नेकपा एससँग माओ विचारलाई परित्याग हुने गरी जनताको बहुदलीय जनवादको आधारभूत कुराहरुमा अघि बढ्ने सहमतिसहित अघि बढेकाले त्यसमा आफूहरु सहमत हुन नसक्नेसमेत बताए।

उनले भने, ‘माओ विचार र माओवादलाई छोडेर बहुदलीय जनवादका आधारभूत कुराहरुमा हामी आत्मसमर्पण गर्न सक्दैनौँ। यो आत्मसमर्पणमा जान्छ। वैचारिक रुपमा आत्मसमर्पण। यो हामीलाई स्वीकार्य छैन। तेस्रो कुरा आज जेनजी आन्दोलनले उठाएको कुरा के थियो भने उसले सुशासनको कुरा उठाएको छ। भ्रष्टाचार अन्त्यको कुरा उठाएको छ। तर हामीले एकता गर्दाखेरी त्यसको संवेदनशीलतालाई बुझ्ने होइन, त्यसलाई प्रश्रय दिने खालले एकता गर्न खोजिँदै छ। त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन। त्यो भारी बोक्ने कुरा मलाई मान्य छैन। नेतृत्व हस्तान्तरण गर्ने कुरालाई पूरै अस्वीकार गर्दै जसरी यहाँ फेरि पनि मनोनित गरेर आफ्नो सुरक्षा घेरा बनाउने जो प्रयत्न भएको छ, यो कुराले यो पार्टीलाई अघि बढाउन सक्दैन भन्ने कुरालाई राखेर म यो बैठकबाट निस्केको छु।’

नेता शर्माले अध्यक्ष दाहालले महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन पनि नेकपा एससँग एकता गर्न लागेको भन्दै आपत्तिसमेत जनाए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’