काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरु टुंगो लागिसकेको बताए।
प्राविधिक र संगठनात्मक विषयमा छलफल केन्द्रित भएको उनले बताए। पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्लेलगायतका पार्टीहरुसँग पार्टी एकता हुने बताए।
अब एकता गर्न ढिलाइ गर्न नहुने र ढिलो भए राष्ट्रिय राजनीतिमा आफूहरुको पहलकदमी ढिलाइ हुने उनले बताए। देश झन् झन् अराजकता र संकटतिर गइरहेको उनको भनाइ थियो। उनले मिल्न सक्ने जतिलाई मिलाएर पहलकदमी नलिए निर्वाचन हुन नसक्ने अवस्था रहेको बताए।
उनले नेकपा (माओवादी केन्द्र) नफुट्ने दाबी गरे। पार्टीका नेता जनार्दन शर्माको तौरतरिका अराजनीतिक, अलोकतान्त्रिक भएको आरोप लगाए।

भर्खरै
लोकप्रिय






































































































































































































