काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्।
शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठक राम्रोसँग चलिरहेका बेला आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किएको बताए। उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गरे।
शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किएका थिए। उनले माओवादी केन्द्रले माओवाद छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने बताएका थिए।
प्रचण्डले भने, ‘…केही जाँदैन। हाम्रो पार्टी सबै एकजुट भएको छ। सिसी मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ। उहाँले आज बैठक राम्रो शुरु भएको थियो। उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो। उहाँले शैली नराम्रो हो। कसैलाई मन पर्ने शैली होइन। त्यो अराजकता हो।’

भर्खरै
लोकप्रिय






































































































































































































