नागढुङ्गा सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान
+
-
देशसञ्चार AI सारांश
  • सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालनको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी सेवा प्रदायक छनोट गर्ने प्रक्रिया सुरु गरेको छ।
  • छनोट भएको सेवा प्रदायकले सुरुङ मार्गको आगामी पाँच वर्षसम्म सञ्चालन तथा मर्मत सम्भारको जिम्मा लिनेछ।
  • विशेषज्ञद्वारा नेपाली प्राविधिकलाई तालिम दिएर प्रविधि हस्तान्तरण गराउने प्रतिबद्धता गरिएको छ, जसले विदेशी निर्भरता घटाउने अपेक्षा गरिएको छ।

काठमाडौँ- नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन तथा मर्मत सम्भारको जिम्मा दिनका लागि सरकारले अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार (कार्तिक १६) एक विज्ञप्ति जारी गर्दै आगामी पाँच वर्षका लागि अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।

सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न बोलपत्र आह्वान गरिएको।

बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (१७ डिसेम्बर २०२५) तोकिएको छ। छनोट भएको सेवा प्रदायकले सुरुङ मार्गको पाँच वर्ष सम्म सञ्चालन तथा मर्मत सम्भारको काम गर्नेछ।

सुरुङमा जडित अत्याधुनिक प्रणालीको व्यवस्थापन, सुरक्षा र मर्मतका लागि सडक विभागको सीमित अनुभवका कारण विशेष तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गर्न लागिएको हो।

दक्ष जनशक्तिमार्फत प्रविधि हस्तान्तरण

यस अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई सुरुङ सञ्चालन र मर्मतको प्रविधि हस्तान्तरण गर्नेछन्। यसबाट भविष्यमा नेपालमा बन्ने अन्य सुरुङ मार्ग तथा फास्ट ट्र्याकजस्ता ठूला संरचनाहरू स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुरुङ मार्ग (मुख्य २.७ कि.मी. र आपत्कालीन २.६ कि.मी.) सञ्चालनका लागि सरकारले सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) समेत तोकिसकेको छ।

आवश्यक दरबन्दी र व्यवस्थापन संरचना

सुरुङ मार्गलाई २४ सै घण्टा सञ्चालन गर्न, दुर्घटना, आगलागी वा प्रणालीमा आउने समस्यामा तत्काल आपत्कालीन सेवा दिनका लागि १५० जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ।

कर्मचारीहरूको व्यवस्थापन सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा गरिनेछ। प्रस्तावित जनशक्ति संरचना यस प्रकार छ:
सुरक्षा व्यवस्थापन युनिट: ६४ जना (सबैभन्दा बढी)

टोल संकलन (दस्तुर उठाउने): ५४ जना

ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रण: १४ जना

सिभिल तथा अन्य संरचना मर्मत: ८/८ जना

सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आवश्यक आपत्कालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’