काठमाडौँ– दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बी.पी.) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन्।
आइतबार प्रसाईं निवास मध्यपुरथिमिमा दुई पक्षबीच सहकार्य गर्नेसम्बन्धी ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेको छ। उक्त आन्दोलनमा कांग्रेस बीपीले आफ्ना नेता कार्यकर्तालाई सहभागी गराउने सहमति भएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

भर्खरै
लोकप्रिय






































































































































































































