काठमाडौँ- काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसर वरिपरिका अनधिकृत संरचना हटाउने कार्य तीव्र पारेको छ।
आज बिहान महानगरको डोजरले मन्दिर आसपासका विभिन्न पक्की र टहराजस्ता संरचनाहरू भत्काएको हो।
महानगरका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान निरन्तर रूपमा चलाइएको हो। ट्राफिक प्रहरी प्रभाग पनि हटाइने तयारीमा रहेको बताइएको छ। यद्यपि, आज बिहानसम्म उक्त प्रभागमा नेपाल प्रहरीको टोली तैनाथ नै रहेको छ।
थप तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































