काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आजको बैठक बहिस्कार गरेका छन्।
पार्टीका नेता अग्नि सापकोटाका अनुसार शर्मा आइतबारको बैठकमा उपस्थित नहुने भएका हुन्। सापकोटाले भने, “उहाँले हिजोको बैठकमा कुरा राख्नुभएको थियो। आज आउनुभएन।”
शर्मा पछिल्लो समय माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेका छन्। माओवादी केन्द्र र समाजवादी पार्टीबीच कार्तिक १८ र २० गते संयुक्त बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शर्माको मतभेद पछिल्लो समयमा खुलेर सार्वजनिक हुँदै गएको छ। असन्तुष्टि र आन्तरिक मतभेदका कारण शर्माले आइतबारको बैठक बहिष्कार गरेका हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































