मधेस सरकारको बजेट खर्च सुस्त गतिमा, पहिलो त्रैमासिकमा साढे ३ प्रतिशत मात्र

मधेस सरकारको बजेट खर्च सुस्त गतिमा, पहिलो त्रैमासिकमा साढे ३ प्रतिशत मात्र
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा केवल ३.५० प्रतिशत बजेट खर्च गर्न सकेको छ।
  • १६ अर्ब ७२ करोड ५ लाख बजेटमा चालु खर्चतर्फ १ अर्ब २८ करोड मात्र खर्च भएको छ।
  • प्रदेश विभिन्न मन्त्रालयहरूले पूँजीगत खर्चको ५.९७ प्रतिशतसम्म मात्र खर्च गर्न सकेका छन्।

जनकपुरधाम- मधेस प्रदेश सरकारले आफ्नो पहिलो त्रैमासिकमा साढे ३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो तीन महिनामा चालु र पूँजीगत गरी ३.५० प्रतिशत बजेट मात्र खर्च भएको हो ।

मधेस प्रदेश सरकारले चालु आवका लागि १६ अर्ब ७२ करोड ५ लाख १७ हजार र पूँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार गरी ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएकोमा असोज मसान्तसम्ममा १ अर्ब ६४ करोड २८ लाख १८ हजार ९१४ रुपैयाँ खर्च भएको छ ।

जसमा चालु तर्फ १ अर्ब २८ करोड ४२ लाख ९१ हजार १२१ र पूँजीगत तर्फ ३५ करोड ८५ लाख २७ हजार ७९४ रुपैयाँ खर्च गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णले जानकारी दिए ।

लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार प्रतिशतको हिसाबले सबैभन्दा बढी मधेस प्रदेश लोकसेवा आयोगले रकम खर्च गरेको छ । प्रदेश लोकसेवा आयोगका लागि १० करोड ४९ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको १५.१९ प्रतिशत अर्थात १ करोड ५९ लाख ४७ हजार ३४४ रुपैयाँ खर्च गरेको हो ।

मधेस प्रदेश सभाले विनियोजित बजेटको १४.१४ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेशसभाका लागि ४५ करोड ९८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएकोमा असोजसम्ममा ६ करोड ५० लाख ९ हजार ९७६ रुपैयाँ खर्च गरेको हो ।

यस्तै, प्रदेश नीति तथा योजना आयोगले १२.७७ प्रतिशत, अर्थ मन्त्रालयले ११.१७ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले ९.७८ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ९.७८ प्रतिशत, श्रम तथा यातायात मन्त्रालयले ८.४९ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ७.५१ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६.३१, गृह सञ्चार तथा कानुन मन्त्रालयले ४.३९ प्रतिशत, उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ३.२६ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३.०२ प्रतिशत, शिक्षा तथा संस्कृति मन्त्रालयले २.५६ प्रतिशत, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १.९२ प्रतिशत, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले १.२१ प्रतिशत र खेलकुद तथा समाज कल्याण मन्त्रालयले ०.४२ प्रतिशत बजेट खर्च गरेको छ ।

मधेस सरकारले चालु आर्थिक वर्ष २०८२।८३ को तीन महिना बितिसक्दा विकास बजेट अर्थात पूँजीगत खर्च १.१८ प्रतिशत मात्र गर्न सकेको छ । अर्थ मन्त्रालय, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय कुनै पनि मन्त्रालयले १ प्रतिशत समेत खर्च गर्न सकेको छैन् ।
अर्थमन्त्रालयले विनियोजित पूँजीगत बजेटको ५.९७ प्रतिशत खर्च गरेको छ । अर्थमन्त्रालयका लागि पूँजीगत तर्फ ३ करोड ५२ लाख ९० हजार विनियोजन गरिएकोमा २१ लख ५ हजार ६९२ रुपैयाँ खर्च गरेको छ ।

उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयका लागि ३ अर्ब ८५ करोड ९६ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको १.९२ प्रतिशत अर्थात ७ करोड ४० लाख ३० हजार ८१९ रुपैयाँ खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि पूँजीगत तर्फ १५ अर्ब ५६ करोड ६१ लख ५५ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको १.६९ प्रतिशत अर्थात २६ करोड ३० लाख ७१ हजार ८५१ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’