डेडिकेटेड र ट्रंकलाइन विवादमा त्रिपक्षीय वार्ता आवश्यक: राठी

डेडिकेटेड र ट्रंकलाइन विवादमा त्रिपक्षीय वार्ता आवश्यक: राठी
+
-
देशसञ्चार AI सारांश
  • उद्योग संगठन मोरङले उत्पादन ठप्प हुने गरी विद्युत लाइन काटेकोमा आपत्ति जनाएको छ।
  • लामो विवाद बीच उद्योग र प्राधिकरणको रस्साकस्सीमा सरकार पनि विवाद बल्झाउन सक्रिय भएको आरोप छ।
  • उद्योगको बन्दले रोजगारी र राजश्वमा पर्ने प्रभावलाई ध्यानमा राखेर त्रिपक्षीय वार्ता आवश्यक भएको अध्यक्षले बताए।

मोरङ- डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकमको विवादसँगै नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन काटेकोमा उद्योग संगठन मोरङले आपत्ति जनाएको छ।

उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठीले उद्योगको उत्पादन नै ठप्प हुने गरी विद्युत लाइन काट्नु उचित नभएको बताए।

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकमबारे उद्योग र प्राधिकरणबीच लामो समयदेखि आरोपप्रत्यारोप चल्दै आएकोमा सरकारी निकाय नै विवाद बल्झाउन अग्रस्थानमा देखिएको उनले बताए।

उनले भने, ‘प्राधिकरण र उद्योगीबीच बक्यौता महसुल रकम तिर्ने तिराउने विषयमा लामो समयदेखि विवाद छ। यस रस्साकस्सीमा दुवै पक्ष आआफ्नो अडानमा छन्। तर यसको समाधान खोज्नुपर्नेमा सरकार आफै परिवर्तन भएपिच्छे विवाद बल्झाउन सक्रिय रहँदै आएको छ। यसले गर्दा उद्योग क्षेत्रप्रति नकारात्मक भाष्य सृजना भइरहेको हाम्रो बुझाइ छ।’

सरकारको अहिलेको घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तामा कस्तो सन्देश जाने उनको प्रश्न छ। उद्योग बन्द रहँदा रोजगारी, राजश्व, बैंक ब्याज भुक्तानी लगायतमा पर्ने प्रभावबारे सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष राठीले उद्योग कलकारखाना बन्द गरी जटिलता बढाउनुको भन्दापनि सरोकारवाला सहितको सरकार, नीजि क्षेत्र र प्राधिकरणको त्रिपक्षीय वार्ता आवश्यक रहेको बताए।

उनले भने, ‘उद्योग बन्द गरेर समस्याको हल हुनुभन्दा समस्या थप जटिल हुनेछ। त्यसैले वार्ताले निकास निकाल्नुपर्छ। यसका लागि यथाशीघ्र त्रिपक्षीय वार्ता बोलाउन सरकारलाई आग्रह छ।’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’