काठमाडौँ – निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ।
श्रम संस्कृति पार्टीले आइतबार आयोगबाट आधिकारिकता पाएको हो। पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ आफै निर्वाचन आयोगमा उपस्थित भएका थिए।
पार्टीको अध्यक्षमा हर्क साम्पाङ छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य छन्।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

भर्खरै
लोकप्रिय






































































































































































































