दशरथचन्द – बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्र्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो।
उनका नाति २० वर्षीय महेश साउद घाइते भएका छन्। दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी जारी छ।

भर्खरै
लोकप्रिय






































































































































































































