माओवादी–समाजवादी पार्टी एकता घोषणा १९ गते हुने, दुई दिन सर्यो

माओवादी–समाजवादी पार्टी एकता घोषणा १९ गते हुने, दुई दिन सर्यो
+
-
देशसञ्चार AI सारांश
  • वामपन्थी दलहरुको एकता घोषणा १९ गते एकीकृत समाजवादीसहित ८ दलबीच सुकेधारामा हुने जनाइएको छ।
  • एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ राख्ने सहमति भएको, चुनाव चिन्हबारे टुंगो लाग्न बाँकी छ।
  • एकता घोषणापछि २० गते पहिलो बैठक बस्ने, माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै बैठक तयारी गरेका छन्।

काठमाडौँ – माओवादी केन्द्र, एकीकृत समाजवासहितका वामपन्थी दलहरुको एकता घोषणा कात्तिक १९ गते हुने भएको छ।

बुधबार ११ बजे सुकेधारस्थित एक पार्टी प्यालेसमा आठ पार्टीबीच एकता घोषणा हुने एकीकृत समाजवादीबाट वार्ता टोलीमा रहेका प्रकाश ज्वालाले जानकारी दिए। यसअघि सोमबार नै एकता घोषणाको तयारी थियो। तयारी नपुगेपछि दुई दिन पर सारिएको हो।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी राख्ने सहमति भएको छ। चुनाव चिन्हबारे अझै टुंगो लाग्न बाँकी छ।

बुधबार माओवादी र समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट शुक्रबार मात्रै विभाजित चिरन पुनको नेतृत्वको समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी सहितका वाम घटकहरु पनि हुने भएको हो।

एकता घोषणापछि २० गते एकीकृत पार्टीको पहिलो बैठक बस्नेछ। माओवादी केन्द्रको आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठक र एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले २० गते बैठक बस्ने हो। माओवादीले १८ गते विघटित पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ ।

पार्टी एकतामा जाने भएपछि एकीकृत समाजवादीका झलनाथ खनाल र घनश्याम भुसाल, माओवादीका जनार्दश शर्माले विरोध गरेका छन्। संभवत उनीहरु एकतामा सहभागी नहुने भएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’