‘जेरी अन टप’बाट पुरानै क्रेज फर्काए अनमाेलले

‘जेरी अन टप’बाट पुरानै क्रेज फर्काए अनमाेलले
+
-
देशसञ्चार AI सारांश
  • अनमोल केसीको फिल्म ‘जेरी अन टप’ले १० करोड माथिको व्यापार गर्दै उनको अभिनयमा सुधार भएको देखाएको छ।
  • उनले आफ्नो अभिनय कौशल सुधार्दै आफूलाई मेगास्टारको रूपमा पुनःस्थापित गरेको महसुस गर्दै प्रशंसा पाएका छन्।
  • फिल्मले दर्शकहरूको माया पाएकोमा खुसी व्यक्त गर्दै अनमोलले असफलतामा खुसी हुनेलाई शुभकामना दिए।

कलाकार अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेयता उनको अभिनयमा तारिफ चुलिएको छ।

कुनै समय ‘अभिनेत्री मात्रै भित्राउने कि आफ्नो अभिनयमा पनि सुधार गर्ने’ भन्ने प्रश्न खेप्दै आएका अनमोलले के साच्चैको अभिनयमा निखार ल्याए त?

‘गाजलु,’ ‘कृ’, ‘क्याप्टेन,’ ‘ड्रिम्स,’ ‘ए मेरो हजुर २,’ ‘जेरी,’ जस्ता फिल्ममा अभिनय गरेको अनमोलका फिल्म रूचाएकी अनमोललाई भन्ने प्रश्न फिल्मवृत्तमा चलिरहन्छ। ‘सुपरस्टार’ चलचित्रमा बाल कलाकारको रूपमा अभिनय गरेका अनमोलले नायकको रूपमा ‘होस्टल’बाट डेब्यु गरेका थिए। होस्टेल सुपरहिट भएको थियो। हालसम्म ११ वटा फिल्म खेलिसकेका अनमोलको व्यावसायिक करिअर माथि उठेकै हो तर फिल्मले कति व्यापार गर्‍यो भन्ने कुरा पनि खोजिन्छ।

मध्यम र उच्च वर्गको परिवारमा आउने आरोह-अवरोह उनका फिल्मका कथा भए। उनी अभिनित फिल्ममा धनाड्य परिवारका छोरीसँग प्रेम, रोमाञ्स र रोनाधाना नै केन्द्रमा रह्याे।

आफ्नो चकलेटी अनुहारबाट फ्यान कमाएका अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म ‘जेरी अन टफ’ भइदियो, यही खुसीमा फिल्म टिमले सेलेब्रेसन गर्‍यो।

‘डाउनफल’को अवस्थामा पनि उनले फिल्म पाए। निर्माताले उनलाई पत्याइरहे। सायद उनी भुवन केसीका छोरा भएकाले पनि निर्माताले पत्याए होलाउन् भन्ने एकथरी फिल्म मेकरहरूबाट सुन्न पनि पाइन्छ। तर अनमाेलले अभिनयमा सुधारे। उनकाे काम मन पराइदिए। सर्वाधिक कमाइ गर्न फिल्म बन्याे ‘जेरी अन टप।’

मौका पाउँदा उनले आफूलाई अभिनय गर्न सक्ने प्रमाणित गरे। जेरी अन टपले उनी मेगास्टारका रुपमा फेरि फर्किएका छन्।

आफ्नो असफलतामा खुसी हुनेलाई उनले सधै खुसी हुनसमेत सुझाए। आफूलाई गाली र आलोचना गर्नेलाई उनले भने, ‘मान्छेहरू सबैभन्दा खुसी कहिले हुन्छन् तपाईंलाई थाहा छ, अरूको दुखमा। अरूको दुखमा मान्छेहरू सबैभन्दा बढी खुसी हुँदोरहेछ के! मैले यो चिज उहाँहरूलाई भनेको हो। र, मैले अहिलेसम्म यो कुरा बोलेको थिइनँ। किनकि मैले कामले प्रुभ गरेको थिइनँ। र, आज म बोल्दैछु किनकी मेरो कामले बोलिसकेको छ। फिल्मले बोलिसकेको छ।’

‘जेरी अन टप’को दश करोड ग्रस कलेक्सन पुर्‍याइदिएकोमा दर्शकलाई धन्यवाद दिँदै भने, ‘आज मैले ती खुसी हुने व्यक्तिहरूलाई सम्झिन चाहेँ। जो मेरो डाउनफलमा खुसी हुनुभएको थियो। उहाँहरू सबैलाई म यो भन्न चाहन्छु। तपाईंहरू खुसी हुनुहोस्, धेरै खुसी हुनुहोस्। त्यतिबेला म बोलेको थिइनँ। आजपनि केही बोल्नेबाला छैन। किनभने अब मेरो भगवानस्वरुप दर्शकले तपाईंहरूसँग बोलिदिनु भएको छ।’

अखिर अनमाेलले अभिनयमा निखार ल्याउँदै गुम्नै लागेकाे क्रेज ‘जेरी अन टप’बाट फर्काई छाडे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’