मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै
+
-

मुस्ताङ – बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने (कागबेनी–छुसाङ) नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ।

शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।

उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै बारागुङ मुक्तिक्षेत्र–३ छुसाङमा फसेका झण्डै ३५० भन्दाबढी सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

‘छुसाङमा कति सङ्ख्यामा सवारीसाधन अड्किएका छन् भनी प्रहरीचौकी कागबेनीलाई विवरण सङ्कलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालवाहक गरी ३५० भन्दाबढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारीसाधन जोमसोम झर्दै गरेका छन्,’ उनले भने।

कागबेनी–छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने बारागुङ मुक्तिक्षेत्र–३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहित टोली त्यसतर्फ प्रस्थान गरेको लामाले उल्लेख गरे।

‘अहिले चैलेमा समस्या छ, त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भाँसिएको छ, आज साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ,’ उनले भने। चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली त्यसतर्फ आइसकेको उनको भनाइ छ।

भन्सार सेवा प्रभावित


हिमपात र प्रतिकूल मौसमका कारण लोमान्थाङ–२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवाप्रवाह प्रभावित भएको छ। मङ्गलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए।

भन्सार जाँचपासका लागि विद्युत् र इन्टरनेट सुविधा आवश्यकपर्ने भए पनि केही दिनयता उपल्लो मुस्ताङमा विद्युत् र इन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल–चीन आयात/निर्यातका मालवस्तु जाँचपासमा हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाइ छ।

जोमसोम–कोरला सडक अवरुद्ध भएका कारण पनि भन्सारका केही कर्मचारीहरु कार्यस्थलमा आउन नसकेको तर भन्सार एजेन्टहरु पहिले नै यहाँ आएर बसेको अधिकृत सुवेदीले जनाए।

विद्युत् र इन्टरेनट सेवा अवरुद्ध हुँदा कोरला नाकाबाट आयात गरिएका चिनियाँ सामान ढुवानी गरिएको झण्डै ५० भन्दा बढी मालवाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताए। कागबेनी–कोरला सडक अवरुद्ध हुँदा झण्डै १०० भन्दाबढी मालवाहक सवारी दुईदिनदेखि कोरला नाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’