काठमाडौँ – एमालेले युथ भोलेन्टियर फोर्स गठन गरेको छ। आइतबार जनसंगठन समन्वय संयन्त्रको संयोजनामा अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर फोर्सको गठन गरिएको हो।
गुन्डुमा भएको घोषणासभामा ओली उपस्थित भए पनि बोलेनन्। पोलिटब्युरो सदस्य महेश बस्नेतले अराजकता निर्मूल गर्ने र सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ फोर्स गठन गरिएको बताए।
जनवर्गीय संगठन विभागका प्रमुख भानुभक्त ढकालले एमालेको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नेहरूलाई मैदान खाली भएको बताए । उनले पार्टीका कुरा बाहिर लग्ने र विरोधी गतिविधि गर्नेहरूको कार्य सह्य नहुने बताए ।


भर्खरै
लोकप्रिय






































































































































































































