गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत योगीसहित दुई जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत योगीसहित दुई जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर
+
-
देशसञ्चार AI सारांश
  • अख्तियार दूरुपयोग अनुसन्धान आयोगले लाल बहादुर योगी र लक्ष्मण कुमार रानाविरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।
  • योगीले बज्रगुरु कन्स्ट्रक्सनलाई अनुमति भन्दा बढी नदीजन्य पदार्थ निकासी गर्न दिएर राजस्व नउठाएको आरोप छ।
  • कम्पनीले धरौटीबापत जम्मा गरेको रकमबाट राजस्व उठाउन सकिनेमा योगीले त्यसो नगरेको आरोप समेत लागेको छ।

काठमाडौँ– दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगीसहित दुई जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार योगीसहित बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रा.लिका प्रमुख लक्ष्मण कुमार रानाविरुद्ध  विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो।

योगी र राना मिलेर नदीजन्य पदार्थ (ढुंङ्गा, गिट्टी, बालुवा) निकासीमा भ्रष्ट्राचार गरेको भन्दै दुवै जनासँग ९५ लाख ९८ हजार विगो माग दावी गरिएको छ।

गढवा १ को पत्रिङ्गा घाटदेखि जेठानगाउँ घाटसम्मको क्षेत्रबाट बज्रगुरु कन्स्ट्रक्सनलाई आव २०७६/०७७ मा ७२ हजार दुई सय ८५ घनमिटर नदीजन्य पदार्थ निकासीका लागि गाउँपालिकाले अनुमति दिएकोमा बज्रगुरुले एक लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थ निकासी गरेको थियो।

अनुमतिभन्दा बढी निकासी भएको नदीजन्य पदार्थको राजस्व लिनुपर्नेमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत योगीले राजस्व नलिइ भ्रष्ट्राचार गरेको आयोगले दाबी गरेको छ।

योगीले बज्रगुरु कम्पनीले धरौटीबापत जम्मा गरेको  ९५ लाख ९८ हजारबाटसमेत राजस्व लिन सकिनेमा त्यसबाट राजस्व नउठाई धरौटी फुकुवा गर्नसमेत योगीले बैंकलाई पत्रचार गरेको भेटिएको छ। उनले सबै कार्य गाउँकार्यपालिकालाईसमेत जानकारी नदिएको आयोगले दाबी गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’