ट्यालेन्ट हन्टबाट खेलाडी छान्दै कर्णाली

ट्यालेन्ट हन्टबाट खेलाडी छान्दै कर्णाली
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली याक्सले नयाँ प्रतिभा खोज्न सोमबार सुर्खेतमा ट्यालेन्ट हन्ट आयोजना गर्दै दुई सयभन्दा बढी खेलाडीले निवेदन दिएका छन्।
  • ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशभर ट्रफी यात्रा गर्नेछ, जसलाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ।
  • कर्णाली याक्सले यस संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिँदै विभिन्न नेपाली र विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ।

काठमाडाैँ – एनपिएल टोली कर्णाली याक्सले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्ने क्रममा ट्यालेन्ट हन्ट गर्न लागेको हो।

छनोट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर क्रिकेट हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फारममार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भने, ‘फारम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं।’

उनका अनुसार ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ। ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्ने छ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्समै रिटेन भएका छन्। उनी पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित भएका थिए।

सोमबार हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्को ट्यालेन्ट आउनेमा आशावादी रहेको बताए। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो।

अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो। यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’