नेकपा समाजवादीले ६ महिनाभित्र महाधिवेशन गर्ने, तारा चुनाव चिह्न

नेकपा समाजवादीले ६ महिनाभित्र महाधिवेशन गर्ने, तारा चुनाव चिह्न
+
-

काठमडौँ – सात पार्टी मिलेर बुधबार घोषणा हुन लागेको नेकपा समाजवादीले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भएको छ।

पार्टी एकता समझदारी पत्रमा आइतबार हस्ताक्षर गर्दै सात दलले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेका हुन्।

बुधबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेकपा माओवादी–समाजवादी र नेपाल समाजवादी पार्टीबीच एकता हुन लागेको हो।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको सात दलको बैठकले पार्टी एकताको आधारभूत विषयमा हस्ताक्षर गरेका छन्।

जसमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुने, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमति गरेका छन्।

उनीहरुले बुधबार नै एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका कार्यहरु गर्ने जनाएका छन्।

त्यस्तै, केन्द्रीय समितिको गठन गर्दा एकता प्रक्रियामा सहभागी भएका पार्टीहरुका साविक केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने गर्ने, पार्टीको केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ।

पार्टीको चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।

पार्टीका हरेक कमिटिमा संयोजक र सहसंयोजक हुनेछन्। एकता महाधिवेशनमा एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने बताइएको छ।

त्यस्तै, कुनै पनि व्यक्ति दुई तहको संगठनमा रहनेछ। पार्टी सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्तअनुरुप हुनेछ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’