मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
+
-
देशसञ्चार AI सारांश
  • भदौ २३ र २४ गतेको युवाहरुको प्रदर्शनपछि निर्वाचनमा मतदाता दर्ता गर्ने युवाको संख्या उल्लेख्य रूपले बढेको छ।
  • युवाहरु नेतृत्व परिवर्तनका लागि आशा व्यक्त गर्दै स्वतःस्फूर्त रुपमा मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्।
  • भरतपुर जिल्ला निर्वाचन कार्यालयमा असोज ९ देखि ३ हजार ५२९ जनाले नामावली दर्ता गराए, जसमा ९०% २५ मुनिका छन्।

चितवन- भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आए।

युवा पुस्ताको आन्दोलनपछि उहाँमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हुन्। । उनले भने, “युवाहरु भएपछि केही गरौ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरएको हुँ ।”

युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उनले बताए। सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउनु आइन्। युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताइन्।

अहिलेसम्म युवाको बिषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उनको भनाइ छ । लामो समय विदेशमा बसेर स्वदेश फर्कनु भएका दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराए ।

अब देशमा केही हुन्छकी भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनले बताए । पटक–पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन् । कायालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली सङ्कलनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन् ।

जसमध्ये ५२९ जना जिल्ला बाहिरका रहेका छन् । नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्,भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको हो ।

नामावली सङ्कलनको काम कात्तिक महिनाभर मात्रै हुने छ । यसरी नामावली दर्ता गर्न आउनेमा स्वतःस्फूर्त आएको पाइएको उनले बताए । उनका अनुसार अहिलेसम्म राजनीतिक दलहरुले कार्यकर्तालाई ल्याएका छैनन् ।

उनले भने, “दलहरुले गाडीमा ल्याउने गरेका थिए । तर अहिले त्यस्तो छैन । आएका मतदाता स्वतस्फूर्त आएका हुन्।” विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’