भारतको तेलंगना राज्यमा भएको भीषण सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ । रंगा रेड्डी जिल्लाको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक सोमबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्ययमहरूका अनुसार, दुर्घटनाग्रस्त बसमा सवार २० जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
तेलंगनाका मुख्यमन्त्री रेवन्त रेड्डी ले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले पनि दुर्घटनाप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई प्रत्येकलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































