महाधिवेशनको विषयमा सहमति जुटाउन कांग्रेस नेताहरू छलफलमा

महाधिवेशनको विषयमा सहमति जुटाउन कांग्रेस नेताहरू छलफलमा
+
-

काठमाडौँ – पार्टीभित्र महाधिवेशनको विषयमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका पदाधिकारीसहितका शीर्ष नेताहरुले छलफल सुरु गरेका छन्।

सोमबार ललितपुरपस्थित एक होटलमा पदाधिकारीहरुसहितका शीर्ष नेताहरुले छलफल गरेका हुन्। छलफलमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु आनन्द ढुंगाना, डा शशांक कोइरालालगायतका नेताहरुको उपस्थिति रहेको छ।

लामो समयदेखि जारी पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यकालिताको विषयमा सहमति जुटाउन सकेको छैन। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन्।

संस्थापन पक्षले आम निर्वाचनपछि, आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।

यही मतभेदका कारण जारी कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’