नेप्सेमा ८ अंकको गिरावट

नेप्सेमा ८ अंकको गिरावट
+
-

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ को विन्दुमा कायम भएको हो।

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक समूह एक दशमलव ११, होटल तथा पर्यटन शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव २९, व्यापार शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ शून्य दशमलव २२, वित्त शून्य दशमलव १२, जलविद्युत् एक दशमलव ०५, लगानी शून्य दशमलव ७०, जीवन बीमा एक दशमलव ०५, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बीमा शून्य दशमलव ०१ प्रतिशतले घटेको छ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको छ लाख १९ हजार ११४ कित्ता शेयर कारोबार भएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’