जनकपुरधाममा विद्यापतिको स्मृति दिवस मनाइयो

जनकपुरधाममा विद्यापतिको स्मृति दिवस मनाइयो
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा महाकवि विद्यापतिको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ।
  • कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले विद्यापतिको रचनालाई कालजयी बताउँदै भाषासँग रोजगारी जोड्न सुझाव दिए।
  • मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनारले मैथिलीलाई प्रदेशको प्रमुख भाषाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनकपुरधाम – मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। कार्तिक धवल त्रयोदशी अर्थात् आजैका दिन महाकवि विद्यापतिको अवसान भएको स्मरणमा प्रत्येक वर्ष विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउने गरेको छ।

जनकपुरधाम स्थित विद्यापति चोकमा विद्यापति स्मृति पर्व समितिले आयोजना गरेको स्मृति दिवस समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले विद्यापतिको रचनाहरु कालजयी भएकाले धेरै भाषाका साहित्यकारले उनलाई आफ्नो भाषाका महाकविको रुपमा स्वीकार गरेको बताए।

अध्यक्ष ठाकुरले मैथिली भाषालाई रोजगारीसँग जोडेको खण्डमा मात्र विद्यापति प्रतिको सच्च श्रद्धाञ्जली हुने भएकालेल यसका लागि प्रदेश सरकारले अब काम गर्न जरुरी रहेको बताए। उनले महाकवि विद्यापतिलाई हिन्दी, वंगाली तथा मैथिली भाषीहरुले महाकविको रुपमा स्वीकार गरेकाले उनी दक्षिण एशिया तथा विश्व साहित्यका पूजनीय व्यक्तित्व रहेको बताए।

यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ९सोनल० ले कुनै पनि भाषाको विकासका लागि राजकीय संरक्षण तथा रोजागारीसँग जोड्न जरुरी रहेकाले मधेस प्रदेश सरकारले मैथिली भाषालाई प्रदेशको प्रमुख भाषाको रुपमा राख्ने बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’