हुम्ला – जिल्ला निर्वाचन कार्यालय हुम्लामा मतदाता नामावली दर्ता गर्ने युवाको संख्या बढ्दै गएको छ। यसअघि छुटेका र तोकिएको मितिसम्म नयाँ मतदाताका लागि नाम दर्ता गराउने उमेर पुगेका युवा दैनिकजसो निर्वाचन कार्यालयमा अफ्नो नाम दर्ता गर्न सक्रिय भएका छन्।
निर्वाचन कार्यालयमा पुगेर आफ्नो नाम मतदाता नामावलीमा नाम दर्ता गराएका खार्पुनाथ गाउँपालिका– ५ का अकिल शाहीले युवाहरु आफ्नो नाम दर्ता गराउन सक्रिय भएको बताए।
जेनजी आन्दोलनपछि मतदाता नामावली दर्तामा युवाको चासो स्वतः स्फुर्त बढेको भन्दै उनले अब नाम दर्ता नगराएका युवालाई कात्तिक मसान्तसम्म जसरी पनि सरिक गराइने बताए।
जिल्ला निर्वाचन कार्यालय प्रमुख भीमबहादुर रोकायाले असोज ९ गतेबाट मतदाता नामावली दर्ता गर्ने कार्य सुरु भएकोमा दशै बिदा सकिएपछि भने नाम दर्ता गराउन आउनेको संख्या बढेको बताए।

                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































