पदबाट राजीनामा दिन लागेको भन्ने कुरामा सत्यता छैन : घिसिङ

पदबाट राजीनामा दिन लागेको भन्ने कुरामा सत्यता छैन : घिसिङ
+
-
देशसञ्चार AI सारांश
  • भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको खबर गलत भएको स्पष्ट पारेका छन्।
  • घिसिङले जेनजी पुस्ताको विश्वास पूरा गर्न प्रतिबद्ध रहेको र राजीनामा गर्ने योजना नरहेको बताएका छन्।
  • सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा घिसिङले तीन मन्त्रालयको जिम्मेवारी लिइरहे पनि दल दर्ताको तयारीबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिन लागेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्।

देश सञ्चारले प्रकाशित गरेको समाचारप्रति लक्षित गर्दै घिसिङले जेनजी पुस्ताको आशा र विश्वास पूरा गर्न आफू लागिपरेकोले राजीनामा दिने तयारी नभएको बताएका हुन्।

उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु। जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’

सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा घिसिङले भौतिक पूर्वाधारसँगै शहरी विकास र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। घिसिङको नेतृत्वमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितले केही दिनभित्रै दल दर्ता गर्ने तयारी गरेको अवस्थामा उनले राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ।

दल दर्ताको तयारीबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले दलमा आबद्ध भएपछि नैतिकताका आधारमा सरकारमा बस्न नमिल्ने हुँदा उनले राजीनामा गर्ने स्रोतले बतायो।

घिसिङको अगुवाइमा रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुधन गुरुङ, सागर ढकालसहितले पार्टी दर्ताको तयारी गरिरहेका छन्।

केही दिनअघि बालुवाटारमा सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरुलाई चुनाव लड्ने तयारीबारे सोधेकी थिइन्। अरु मन्त्रीले आफूहरु त्यस्तो तयारीमा नरहेको जवाफ दिएका थिए। तर घिसिङले भने कुनै जवाफ दिएका थिएनन्।

मन्त्रीबाट राजीनामा दिने तयारीमा कुलमान

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’