सुडानको हिंसामा युद्ध अपराधका सङ्केतः आइसिसी

सुडानको हिंसामा युद्ध अपराधका सङ्केतः आइसिसी
+
-
देशसञ्चार AI सारांश
  • अन्तर्राष्ट्रिय फौजदारी अदालतले सुडानको एल–फासर सहरमा भएको अत्याचार युद्ध र मानवता विरुद्धको अपराध हुन सक्ने बताएको छ।

  • १८ महिनाको घेराबन्दीपछि आरएसएफले एल–फासर सहर कब्जा गरेर स्थानीयहरूमा भोकमरी र हिंसा बढाएको छ।

  • संयुक्त राष्ट्रसङ्घका अनुसार ६५ हजार भन्दा बढी व्यक्तिहरू एल–फासरबाट विस्थापित भएका छन्।

सुडानको एल–फासर सहरमा भएको अत्याचार युद्ध अपराध र मानवता विरुद्धको अपराध हुन सक्ने सङ्केत पाइएको ः अन्तर्राष्ट्रिय फौजदारी अदालतको अभियोजनकर्ताको कार्यालयले जनाएको छ।

आइसिसीका अभियोजकको कार्यालय (ओटिपी) ले सामूहिक हत्या, बलात्कार र अन्य अपराधका बारेमा एल–फासरको रिपोर्टलाई लिएर ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ।

सुडानी अर्धसैनिक र्यारपिड सपोर्ट फोर्स (आरएसएफ) ले अक्टोबर २६ मा एल–फासरमा १८ महिनाको घेराबन्दी र बमबारीपछि नियन्त्रण जमाएको छ।

लामो समय युद्ध हुँदा स्थानीयहरूले आफ्नो दैनिक काम गर्न नसक्दा यहाँ चरम भोकमरीको अवस्था आएको छ। सुडानको एल फासर पश्चिमी डार्फर क्षेत्रमा सेनाको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र मान्न्थ्यिो।

ओटिपीले एक विज्ञप्तिमा भनेको छ, “यी अत्याचारहरू हिंसाको व्यापक ढाँचाको हिस्सा हो। युद्धले सन् २०२३ अप्रिलदेखि सम्पूर्ण डार्फर क्षेत्रलाई प्रभावित गरेको छ।”

आइसिसीको पत्रमा भनिएको छ, “यदि यस्ता कार्यको पुष्टि भयो भने रोम विधान अन्तर्गत युद्ध अपराध र मानवताविरुद्धको अपराध दर्ता हुन सक्छ।”

संयुक्त राष्ट्रसङ्घले भनेको छ, युद्ध चर्किएपछि पछिल्ला केही दिनमा ६५ हजार भन्दा बढी मानिसहरू एल–फासरबाट विस्थापित बनेका छन्।

विस्थापितमध्ये लगभग पाँच हजार नजिकैको ताविलामा छन् भने दशौं हजार अझै पनि युद्धग्रस्त क्षेत्रमा फसेका छन्। उनीहरू स्थानीय शिविरहरूमा बसेका छन्।

अन्तिम आक्रमण हुनुभन्दा पहिले लगभग दुई लाख ६० हजार मानिसहरू एल–फासरमा बस्थे। आरएसएफले सहरमा कब्जा गरेसँगै एल–फाशर र वरपर क्षेत्रमा अपहरणका रिपोर्टहरू बाहिर आएका छन्। त्यहाँ सहायताकर्मीहरूमाथि आक्रमण गर्ने, विरोधीहरूलाई मृत्युदण्ड दिने, यौन हिंसा गर्ने, लुटपाट मच्चाउने काम भएको छ। उक्त क्षेत्रमा धेरै हदसम्म सञ्चार विच्छेद भएको छ।

आरएसएफको उत्पत्ति दुई दशकअघि डार्फरमा नरसंहारको आरोप लगाइएको अरब मिलिसियाको जनजाविद समूहबाट भएको हो। एल–फासरको पतनपछिका रिपोर्टहरूले यस्तै अत्याचारमा फर्कने डर बढाएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’