माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार सन् २०२६ को बजेटमा रक्षा खर्च र पूर्वाधार लगानीमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेका छन्।
माल्दिभ्सको सरकारी सञ्चारमाध्यम पिएसएम न्यूजका अनुसार विजय दिवस समारोहका क्रममा मुइज्जुले यस्तो घोषणा गरेका हुन्।
राष्ट्रपति मुइज्ज्ुले भने, “सरकारले सन् २०२६ को लागि रक्षासम्बन्धित कार्यक्रमहरूको लागि १८ करोड १० लाख ५६ हजार अमेरिकी डलर छुट्याएको छ।”
उनले भने, “सरकारले भौतिक पूर्वाधार र मानव पुँजी विकास दुबैमा नयाँ ध्यान केन्द्रित गदै आएको छ भने विगत दुई वर्षमा रक्षा क्षेत्रले विशेष प्राथमिकता पाएको छ।”
“यो लगानीको एक प्रमुख तत्व माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल र माल्दिभ्स प्रहरी सेवाले प्रयोग गर्ने सुविधाहरूको पुनस्र्थापना हो,”उनले भने।
भौतिक स्तरोन्नतिको समानान्तरमा सरकारले माल्दिभ्स राष्ट्रिय सेवा कार्यक्रम मार्फत युवा संलग्नतामा आफ्नो लगानी विस्तार गर्दैछ। अर्को वर्षको सुरुमा, यस पहलले वार्षिक एक हजार युवाहरूलाई रोजगारी प्रदान गर्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































