श्रीलङ्काले सोमबारदेखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतहरूको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत “वाना सुराकुमा“ नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।
मन्त्रालयले “वाना सुराकुमा ” कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय अपराधहरूको रोकथाम गर्दै वन र वन्यजन्तु संरक्षण सञ्चालनलाई अझ प्रभावकारी बनाउनु रहेको बताएको छ ।
कार्यक्रमले वन्यजन्तु संरक्षण विभाग, वन संरक्षण विभाग, प्रहरीलाई एक ढिक्का गरी देश भरि वनसँग सम्बन्धित अपराधहरूका लागि समन्वय र द्रुत नियन्त्रण प्रतिक्रियालाई सुदृढ पार्ने जनाइएको छ ।
कार्यक्तम २४ सै घण्टाको हटलाइन सेवा सर्ट कोड–१९९५ मार्फत सञ्चालन गरी जनतालाई वन विनाश र वातावरणीय क्षतिको घटनाहरूको रिपोर्ट गर्न सक्षम बनाउने जनाइएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































