सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिकासहित सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२५ एफई

सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिकासहित सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२५ एफई
+
-
देशसञ्चार AI सारांश
  • सामसङ नेपालको नयाँ ग्यालेक्सी S25 FE युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सको लागि रु.९९,९९९ (८GB/२५६GB) मा उपलब्ध छ।
  • यो फोनले एआई संचालित प्रोभिजुअल इन्जिन, सुपर HDR, र जेनेरेटिभ एडिट सुविधाहरू मार्फत फोटो तथा भिडियो एडिटलाई सहज बनाउँछ।
  • जहाँ उपभोक्ताले सामसङ इन्स्ता फाइनान्सद्वारा ०% ब्याजदरमा सजिलो ईएमआई प्लानमा नयाँ उपकरणहरू उपलब्ध गराउन सक्छन्।

काठमाडौँ- सामसङ नेपालले नयाँ ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्।

क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस-२५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई-संचालित सुविधाहरू अब रु.९९,९९९ (८GB/२५६GB) मा उपलब्ध छ।

ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी S25 FE ले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ। वास्तविक-समय virtual सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन-स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, S25 FE ले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।

ग्यालेक्सी S25 FE ले यसको एआइ-संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२MP फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर HDR मार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ। जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो editलाई सहज बनाउँदै, अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्दछ। अटो ट्रिमको साथ, स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।

ग्यालेक्सी S25 FE ले भरपर्दो परफर्मेन्सलाई परिष्कृत, आधुनिक डिजाइनसँग जोड्दछ। ४५ वाटको fast चार्जिङ र एफिशियन्ट कूलिङ्गको लागि भेपर चेमबरको साथ ४,९००mAh ब्याट्रीद्वारा संचालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज कार्यसम्पादन सुनिश्चित गर्दछ। १२०Hz रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक AMOLED २X डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ।

सामसङ नेपालका MX डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् — “हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इनोभेसन सबैका लागि उपलब्ध गराउनु हो। ग्यालेक्सी S25 FE ले यही भिजन लाई स्पष्ट रूप दिएको छ — जहाँ उन्नत ए.आइ. क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।”

सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी S25 FE लगायतका नयाँ सामसङ डिभाइसहरूलाई ०% ब्याजदरमा सजिलो ईएमआई प्लान मा प्राप्त गर्न सक्छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’