सुनचाँदी पसलमा छापामारेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरधाम बजार बन्द

सुनचाँदी पसलमा छापामारेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरधाम बजार बन्द
+
-
देशसञ्चार AI सारांश
  • व्यवसायीहरूले अवैध रुपमा भएको प्रहरी छापाको विरोधमा जनकपुरधाममा बजार आज दिउँसो १२ बजेसम्म बन्द गरे।
  • व्यवसायीहरूले चरणवद्ध आन्दोलन गरेर कालो झण्डा र पट्टी बाँधेर आफ्नो व्यवसाय संचालन गरिरहेका छन्।
  • गत असोज ३१ गते प्रहरी सुनचाँदी पसलमा छापा मार्न गएका बेला व्यापारी र प्रहरीबीच झडप भएको थियो।

जनकपुरधाम- प्रहरीले छापामारेको विरोधमा आज जनकपुरधाम बजार बन्द भएको छ । व्यवसायीहरुले अवैध रुपमा प्रहरीले छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन पत्र बुझाएकोमा कारबाही नगरेको भन्दै आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका हुन्।

जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरधामका सम्पूर्ण व्यवसायीले आ–आफ्नो पसल बन्द गरेर विरोध जनाएका छन् । मंगलबार उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्याली नगरको विभिन्न चोकमा प्रदर्शन गरेका छन् ।

गत असोज ३१ गते सुनचाँदी बजारमा घटेको घटनामा प्रहरीद्वारा दमन गरिएको र व्यापारीलाई तर्साउने काम भएकोमा कारबाहीका लागि चार बुँदे मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन दिएकोमा कुनै सुनवाइ नभएपछि विरोधमा उत्रेको संघका कार्यवाहक अध्यक्ष मनोजकुमार साहले जनाएका हुन् ।
व्यवसायीहरुले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् जसअनुसार शनिबार, आइतबार र सोमबार आ–आफ्नो पसलमा कालो झण्डा र कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गरेका थिए भने आज १२ बजेसम्मका लागि पसल बन्द गरेका छन् ।

गत असोज ३१ गते जनकपुरधाममा प्रहरी सुनचाँदी पसलमा छापा मार्न जाँदा व्यापारी र प्रहरीबीच झडप भएको थियो । अवैध रुपमा भित्रिएको सुनचाँदी बिक्री भईरहेको सूचनाको आधार प्रहरीको टोली छापा मार्न गएका थिए । सोही क्रममा प्रहरीमाथि ढुगामुढा गर्न खोजा झापड भएको थियो ।

ढुगामुढा भएपछि प्रहरीले लाठि चार्ज गर्दा तनाव सृजना भएको थियो । प्रहरीले सो क्रममा अश्रुग्यास र हवाई फायर गरेका थिए भने प्रहरीको लाठी चार्जबाट संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायत केही जना घाइते भएका थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’