जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै

जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दै
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। कार्यक्रम सत्कार क्याफे, बखुण्डोल, ललितपुरमा दिउँसो २:३० बजे हुने जनाइएको छ।

माओवादीले आज नेकपा एकीकृत समाजवादीलगायत आठ दलसँग एकता समझदारी अनुमोदन गर्दैछ। यस निर्णयमा शर्माले असन्तुष्टि देखाउँदै आएका छन्। उनले एकीकृत समाजवादीसँगको पार्टी एकता स्वीकार्य नभएको बताएका हुन्।

माओवादीको बैठकमा पनि उपस्थित नभएका उनले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन्। यसअघिको बैठकमा उनले आफ्नो कुरा राखेर बाहिरिएका थिए।

यता, माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठक राम्रोसँग चलिरहेका बेला आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किएको बताएका हुन्। उनले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गरेका थिए।

यो पनि: 

जनार्दन शर्माले अराजक व्यवहार देखाएः प्रचण्ड

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक बस्दै, एकता समझदारी अनुमोदन गर्ने तयारी

माओवादी केन्द्रीय समिति बैठक बस्दै, एकता समझदारी अनुमोदन गर्ने तयारी

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’