काठमाडौँ- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीमा गुट र उपगुटको गतिविधि तत्काल बन्द आग्रह गरेका छन्। उनले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन्।
‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर्नुहोस्। यस्तो अवस्थामा राष्ट्रवादीहरु एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो। यदि तपाईहरु मिलेर जान सक्नुहुन्न भने युवाहरुको भविष्य बर्बाद गर्ने तपाईंहरुको अधिकार छैन,’ शाहीले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।
उनले पार्टीभित्रको राजनीतिक विवाद र गुटबन्दीले युवा पुस्ताको भविष्यमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। शाहीले एकता र समन्वयको पक्षमा रहेर अघि बढ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
महामन्त्री राणाले आज आफ्नो गुटको भेला गर्न लागेका खबरहरू आइरहेका छन्। यसैलाई लक्षित गर्दै शाहीले यस्तो आग्रह गरेका हुन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































