जनकपुरधाम- मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु जनकपुरधाम–ढलकेवर सडक अवरुद्ध गरेर प्रर्दशनमा उत्रेका छन् ।
बुधबार रामान्नद चोकस्थित जनकपुरधाम–ढल्केवर सडक खण्ड अवरुद्ध गरेर स्वास्थ्यकर्मीहरु विभिन्न ८ बुँदे माग राख्दै तीन देखि आन्दोलन गरिरहेका छन् ।
उनीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने, सरकारी स्वास्थ्य संस्थामा करारमा कार्यरत्त कर्मचारीलाई हटाएर लोकसेवाको माध्यमले नियुक्त गर्नुपर्ने, स्वास्थ्यकर्मीको विमा र सुरक्षा हुनुपर्ने, निजी अस्पतालमा हप्ताको ४२ घण्टा मात्र कार्यहुनुपर्ने लगायतको माग राख्दै स्थास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् ।
स्वास्थ्यकर्मी रामबिनय ठाकुरले मन्त्रालयबाट पटक–पटक सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि कुनै ठोस कदम नउठाएपछि आन्दोलन गर्नुपरेको बताए ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































