हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिका रहने गरी ‘पाँच पाण्डव’ फिल्म निर्माण हुने भएकाे छ।
कमलादी गणेशस्थानमा फिल्मको शुभमुहूर्त गर्दै फिल्मकाे घाेषणा गरिएकाे हाे।
शीर्षकअनुसार फिल्म धार्मिक नभएर सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक वसन्त निरौलाले जनाएका छन्।
फिल्मका कास्टिङको कार्य बाँकी नै रहेको जनाइएको छ। काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको पटकथा र संवाद सुशील पौडेलले लेखेका हुन् ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मका निर्माता कालीरानी श्रेष्ठ हुन् ।
प्रस्तुतकर्ता श्रेष्ठले भने फिल्म ‘लाज शरणम’ निर्माण गरेका थिए। केही महिनाभित्र छायाकंन सुरु गरिने फिल्मको निर्माण नियन्त्रकमा दिलीप पन्त छन्।
निर्देशक निरौलाले पछिल्लोपटक ‘ज्वाइँ साब’ निर्देशन गरेका थिए, जसको शीर्ष भूमिकामा जितुले अभिनय गरेका थिए। यसअघि उनले मेला, समर्पण, आवेग, राजनीति, विजयपथ निर्देशन गरेका थिए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































