कार्तिक – थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री-क्लासको सुविधासहित एयरबस ए ३३०–३०० विमान सञ्चालनमा ल्याएको छ।
यस विमानले असोज १ गतेदेखि काठमाडौँ–बैंकक मार्गमा थ्री-क्लास सुविधासहित सेवा दिन थालेको हो। यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो। जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ।
नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैँ प्रतिबद्ध रहेको थाई एयरवेजले जनाएको छ। बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधासहितको सेवा प्रदान गरिरहेको हो।
कार्तिक ९ देखि थाई एयरवेज इन्टरनेशनलले एयरबस ए ३३०–३०० दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ।
सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव
नयाँ एयरबस ए ३३०–३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ, जुन विविध यात्रुको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो।
प्रिमियम इकनोमी प्लस वर्ग: ३१ वटा प्रिमियम सिटहरु जसमा पूर्ण फ्ल्याट बेडहरु, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।
प्रिमियम इकनोमी वर्ग: ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लासबीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।
इकोनोमी वर्ग: कुल १८५ आरामदायी सीटहरु छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरुले रोजाइको विकल्प बनाउन सक्छन्।

भर्खरै
लोकप्रिय






































































































































































































