जेन–जी आन्दोलन व्यवस्था र संविधानविरुद्धको षड्यन्त्र थियोः विष्णु पौडेल

जेन–जी आन्दोलन व्यवस्था र संविधानविरुद्धको षड्यन्त्र थियोः विष्णु पौडेल
+
-

जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गरियोः एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन्।

मंगलबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भए पनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरे।

मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर सरकार अपदस्थ गर्ने केही शक्ति समूहको योजना रहेको कुरा अन्ततः पुष्टि भएको उनको भनाइ छ।

उनले जेन–जी आन्दोलन सफल भइसकेपछि घुसपैठ गर्ने शक्तिहरुको कारण नयाँ बानेश्वर क्षेत्रमा गोली चलाउनुपर्ने स्थिति सिर्जना गरिएको जिकिर गरे।

‘माइतीघर मण्डलादेखि बानेश्वरका लागि प्रस्थान गरेको जुलुसका सन्दर्भमा जेनजी भाइहरुले हाम्रो आन्दोलन सफल भयो हामी फर्किउँ भनेका थिए। तर त्यहाँ अर्कै स्थिति सिर्जना गरेर कल्पना गरिएकोभन्दा बाहिरका घटना हुने अवस्था आयो। त्यसलाई सरकारले गम्भीर रुपमा लिएको थियो। तर, योजनाबद्ध ढंगले देशभर एकसाथ प्रहार गर्ने काम भएको छ। यो अन्दोलन व्यवस्था र संविधानका विरुद्धको षड्यन्त्र थियो,’ उनले भने।

उनले अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप पनि लगाए। सरकारले निर्वाचनको तयारी नगरेर राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको पौडेलको आरोप छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’