काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
वार्ताका लागि खनाल स्वयं गुन्डु पुगेका थिए। स्रोतका अनुसार भेटमा खनालसहित एकीकृत समाजवादीका केही नेताहरू एमालेमा फर्कने विषयमा कुराकानी भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सहितका दलहरूसँग पार्टी एकता गर्ने निर्णय लिएपछि खनालसहितका नेताहरू असन्तुष्ट बनेका थिए र उनीहरूले एकता प्रक्रिया अस्वीकार गरेका थिए।
यसै असन्तुष्टिका बीच पूर्वप्रधानमन्त्री खनाललाई ओलीको सचिवालयले छलफलका लागि गुन्डु बोलाएको थियो। भेटका क्रममा कुराकानी सकारात्मक भएको बुझिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































