- जोहरान मामदानि न्यूयोर्कको मेयरमा निर्वाचित भएका छन् र उनी पहिलो मुस्लिम मेयर बनेका छन्।
- उनले ५०% भन्दा बढी मत ल्याएर विजयी भएका छन्, जबकि एन्ड्रु कुओमोले ४१% मत प्राप्त गरे।
- डोनाल्ड ट्रम्पले मामदानिको जितलाई संघीय सहयोगमा कटौती गर्ने चेतावनी दिएका थिए।
३४ वर्षीय जोहरान ममदानि न्युयोर्कको मेयरमा निर्वाचित भएका छन्। आधिकारिक रुपमा घोषणा हुन बाँकी रहेपनि न्युयोर्क टाइम्सले उनले जितका लागि चाहिने ५० प्रतिशत मत कटाएको जनाएको छ।
चुनावमा उनी यसअघिनै विजयी हुने प्रक्षेपण विभिन्न सञ्चार माध्यामहरुले गरेका थिए। पछिल्लो समय भएका ‘एक्जिट पोल’ हरुले समाजवादी प्रगतिशील उम्मेद्वारका रुपमा रहेका ममदानीले न्युयोर्कको मेयरमा सबैभन्दा बलिया दाबेदार मानिएको थियो।
ममदानीले ५०% भन्दा बढी मत ल्याउँदै विजयी भएका हुन्। उनले ९ लाख ४८ हजारभन्दा धेरै मतदाताहरूले उनीप्रति समर्थन जनाएका छन्।दोस्रो स्थानमा न्युयोर्कका पूर्व गभर्नर तथा स्वतन्त्र उम्मेदवार एन्ड्रु कुओमो रहे। उनले ४१% अर्थात् झन्डै ७ लाख ७६ हजार मत पाए।
त्यस्तै, रिपब्लिकन पार्टीका कर्टिस स्लिभा ७.३% अर्थात् करिब १ लाख ३७ हजार मतसहित तेस्रो स्थानमा रहे।
मामदानि पछिल्ला सय वर्षमा न्युयोर्कका सबैभन्दा युवा मेयरमात्रै होइनन्, उनी पहिलो भारतीय आमा र युगान्डाका बुबाका सन्तानका रुपमा रहेका छन्। साथै उनी पहिलो मुस्लिम मेयर पनि बनेका छन्। जितपछि उनले सामाजिक सञ्जालमार्फत एक भिडियो शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन्।
त्यस्तै पूर्व डेमोक्र्याट सांसद र सिआइए एजेन्ट एबिगेल स्प्यानबर्गर भर्जिनियाको आगामी गभर्नर बन्ने भएकी छिन्। डेमोक्र्याट सांसद माइकी शेरिल न्युजर्सीकी पहिलो महिला डेमोक्र्याट गभर्नर बन्ने छिन्।
आज रातिको मतदानलाई ट्रम्पको दोस्रो कार्यकालपछि भएको पहिलो ठूला चुनावी परीक्षा मानिएको छ। सिएनएनको प्रारम्भिक ‘एक्जिट पोल’ अनुसार, सबैभन्दा धेरै ध्यानाकर्षित चारै चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टहरुनै हावी भएसँगै ट्रम्पलाई पहिलो र ठुलो झट्का लागेको छ।
ट्रम्पले न्युयोर्कका जनतालाई चेतावनी दिंदै यदि स्वतन्त्र उम्मेदवार एन्ड्र्यु कुओमो र रिपब्लिकन कर्टिस स्लिवालाई हराउँदै मामदानि विजयी भएमा न्युयोर्क सिटीलाई दिइने संघीय सहयोग कटौती गर्ने बताएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































