काठमाडौं – आठ दलकाे समायोजनकाे विरूद्धमा उत्रिएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनमा लाखाैँ सदस्य भएका पार्टीका कार्यकर्ताले पार्टी कार्यालय किन बचाएनन् भन्दै प्रश्न गरेकी छिन्।
बुधबार काठमाडौँ विशेष पत्रकार सम्मेलनमा उनले जेनजी विद्राेहले लाेकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाएकाे भन्दै दलहरूका पार्टी कार्यालयसमेत बचाउन नसक्नु गम्भीर विषय रहेकाे बताइन्।
झाँक्रीले आठ दलकाे एकता पनि सही नरहेकाे बताइन्। याे एकता नेताहरू हाेत लाग्ने आसयका साथ मात्र भएकाे भन्दै यसले वामपन्थी आन्दाेलन नै कमजाेर हुने बताइन्।
यसरी नेताहरूले लाेकतान्त्रिक पार्टीलाई कमजाेर बनाएकाे भन्दै अब पार्टीहरू व्यापक परिमार्जन गर्नुपर्ने अवस्था रहेकाे उनकाे भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































