काठमाडौँ– आठ दलहरूबीचको एकताविरुद्ध रहेका नेता झलनाथ खनाल जारी एकता सभामा पुगेसँगै रामकुमारी झाँक्री समूहका अर्का नेता अम्बरबहादुर थापा पनि पुगेका छन्।
झाँक्रीसहित केही नेताहरू एमालेमा फर्किने तयारी थाले पनि थापा भने एकता सभामा सहभागी भएका छन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता थापा दैलेखबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य हुन्।
नेकपा एसका सम्मानित नेता खनालले एकताको विरोध गर्दै हिजो मंगलबारसम्म एमालेमा फर्किन छलफलमा थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगसमेत उनको छलफल भएको थियो।
–फाइल तस्बिर

भर्खरै
लोकप्रिय






































































































































































































