काठमाडौँ– आठ दलको एकताविरुद्ध रहेर पनि एकता सभामा पुगेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले एकले अर्को कम्युनस्ट पार्टीलाई गालीगलौज गर्न छाड्नुपर्ने बताएका छन्।
भृकुटीमण्डमा जारी एकता साभामा उनले एकले अर्को कम्युस्ट पार्टीलाई गालीगलौज गरेर कम्युस्ट पार्टीहरू नै कमजोर भइरहेको बताए। देशमा समाजवाद निर्माणका लागि सबै कम्युस्ट घटकहरू एक ठाउँ हुनुपर्ने उनको भनाइ छ।
‘यो देशलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने छ। एकीकृत पार्टी निर्माण नगरेर हामी समाजवादमा जान सक्दैनौँ। तत्काल एकता नगरे पनि कार्यगत एकता गरेर भए पनि कम्युस्ट पार्टीहरू एक भएर जानुपर्छ’, उनले भने।
खनालले अब एक भएको पार्टीमा ५० प्रतिशत युवाहरूलाई केन्द्रीय कमिटीमा लिनुपर्नेसमेत बताए।

भर्खरै
लोकप्रिय






































































































































































































