ग्राहकले अब ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ योजना कार्तिक २७ सम्म

ग्राहकले अब ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ योजना कार्तिक २७ सम्म
+
-
देशसञ्चार AI सारांश
  • सिप्रदी अटोपार्ट्सले सञ्चालन गरेको योजनामा ग्राहकहरूले कार्तिक २७ सम्म टाटा जेन्युइन पार्ट्स खरिद गर्दा क्यासब्याक र लक्की ड्रमा सहभागी हुनसक्छन्।
  • लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम कार्तिक २८ मा फेसबुक लाइभबाट विजेताहरूको नाम घोषणा गरिनेछ।
  • सहभागी ग्राहकहरूले बम्पर उपहार बजाज पल्सर 150cc मोटरसाइकल जित्न सक्नेछन्, अन्यमा TVS NTORQ स्कुटर, स्मार्ट टिभी, स्मार्टफोन छन्।

काठमाडाैँ – सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा सञ्चालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर 14) मा गरिने भएको छ।
यसअघि कार्तिक २१ (नोभेम्बर 7) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए पनि, ग्राहकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ।

लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा गरिनेछ।
प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।

बम्पर उपहार: बजाज पल्सर 150cc मोटरसाइकल
दोस्रो प्रमुख उपहार: TVS NTORQ 125 स्कुटर
अन्य आकर्षक उपहारहरू: स्मार्ट टिभी तथा स्मार्टफोन

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर 13) भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरीय, पूर्ण रूपमा टाटाद्वारा प्रमाणित तथा सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायत महत्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्दै गाडीको प्रदर्शनलाई अझ सुदृढ बनाउने विशेष गुणले सम्पन्न छन्। यसैले टाटा जेन्युइन पार्ट्स नेपालभर व्यावसायिक तथा निजी दुवै प्रकारका सवारी प्रयोगकर्ताहरूको पहिलो विश्वासको प्रतीक बनेको कम्पनीको भनाइ छ।

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. ले सदैव सक्कली पार्ट्स तथा गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वासलाई निरन्तरता दिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’