सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत/प्रेत’ हट्ने विश्वास रहँदै आएको छ।

यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन्।

नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालु कमला स्नानका लागि आएका छन् ।

स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।

तस्बिरः अमरेन्द्रकुमार यादव र नेपाल फोटो लाइब्रेरी

भर्खरै
लोकप्रिय






































































































































































































