दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले फागुनको पहिलो हप्ता राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।
२०७९ सालमा पोखरामा भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न कारण देखाउँदै हुन सकेको छैन।
कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले सबै तयारी पूरा भएको दावी गरे पनि संघीय सरकारले पटक पटक खेलकुद प्रतियोगिताको मिति सार्दै आएको थियो। संघीय सरकारले नै १० राष्ट्रिय खेलकुद नचाहेको भन्दै कर्णाली प्रदेश सरकारले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखेको थियो ।

भर्खरै
लोकप्रिय






































































































































































































