बझाङ – थलारा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडातर्फ गइरहेको ट्याक्टर थलारा–२ कफलफाँडा नजिक पारमुल भन्ने ठाउँमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा थलारा–२ कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको मृत्यु भएको छ भने चालक खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। ट्याक्टर सडकभन्दा झण्डै एक किलोमिटर तल खसेको वडाध्यक्ष रविन्द्र बहादुर खातीले बताए।
उनका अनुसार दुवै जना स्थानीयको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते चालक कैलालीका खुशीराम चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































