दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार भूमिकास्थान नगरपालिका–१ का गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल र सोही वडाका चूरामणि ढुंगानालाई बुधबार पक्राउ गरिएको हो । जिल्ला अदालतको आदेशपछि उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।
भदौ २४ गते सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा जेन(जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको थियो । सो घटनामा घरभित्रका सबै सामग्री जलेर नष्ट भएका थिए ।
घटनापछि मुख्यमन्त्रीकी श्रीमती दीपा आचार्यले असोज अन्त्यतिर ११ जनाविरुद्ध जिल्ला अदालतमा जाहेरी दर्ता गरेकी थिइन् ।

भर्खरै
लोकप्रिय






































































































































































































