न्यूयोर्कको मेयर जितेपछि नेपाली रेस्टुरेन्टमा मम खान पुगे मेयर ममदानी

न्यूयोर्कको मेयर जितेपछि नेपाली रेस्टुरेन्टमा मम खान पुगे मेयर ममदानी
+
-
देशसञ्चार AI सारांश
  • जोहरन ममदानी न्युयोर्कका इतिहासमा सबैभन्दा युवा, मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बने।
  • निर्वाचित भएलगत्तै ममदानीले ज्याक्सन हाइट्सको नेपाली रेस्टुरेन्ट लालिगुराँस बिस्ट्रोमा मम र चियासहित लञ्च गरे।
  • उनले एओसीसँग लञ्चपछि एक्समा लिखित रुपमा आफ्नो उल्लासपूर्ण दिनको अनुभव सेयर गरे।

३४ वर्षीय जोहरन ममदानीले कीर्तिमानी रुपमा विश्वको आर्थिक केन्द्र मानिने न्यूयोर्कको मेयर पदमा जित हासिल गरेसँगै उनको चर्चा चौतर्फी छ। उनी मेयर निर्वाचित भएपछि रिफ्रेसमेन्टका लागि मम र दुध चियाका लागि नेपाली रेस्टुरेन्ट पुगे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई हराउन अनेकन प्रयास गरेपनि उनले चुनाव पहिलो चरणमै जिते। न्युयोर्कको मेयर बन्ने उनी सर्वाधिक लोकप्रिय युवा ब्यक्ति बने। साथै उनी पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल भए।

मेयर निर्वाचित भएपछि ममदानी ज्याक्सन हाइटमा नेपाली रेस्टुरेन्टमा ‘लञ्च’ गर्न पुगे। बुधबार ज्याक्सन हाइट्सस्थित लालिगुरास बिस्ट्रो नामको नेपाली रेस्टुरेन्टमा उनी ‘लञ्च’का लागि पुगेको उनले एक्स मार्फत जानकारी दिएका छन्।

त्यहाँ उनले मम, चाउमिन, आलु र दूधको चियामा रमाइरहेको देखिएका छन्। उनले नेपाली रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स अकाउन्टबाट सेयर गर्दै बिहानैदेखि अन्तर्वार्ता, अनेकौं बैठकहरूमा ब्यस्त रहेको र सबैबारे भोलि थप कुरा गर्ने भन्दै ‘आजको विशेष क्षण मेरा प्रतिनिधि सभा सदस्यसँग ज्याक्सन हाइट्सको ‘लालिगुराँस बिस्ट्रो’मा लञ्च गर्नु भएको बताए।

उनले एक्समा लेखे ‘मेयर निर्वाचित भएपछि पहिलो दिन बिहानैदेखि अन्तर्वार्ता, बैठक र अन्य तयारीहरुमा बित्यो। तर मेरो सांसद एलेक्जान्द्रिया ओकासियो-कोर्टेज (एओसी) सँगको लञ्च विशेष रह्यो,’ उनले एक्समा लेखेका छन्।

ज्याक्सन हाइट्स न्यूयोर्क सिटीको बहुसांस्कृतिक क्षेत्र हो। जहाँ नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानीसहित दक्षिण एसियाली आप्रवासी समुदायको बाक्लो बसोबास रहेको छ। यहाँका नेपाली रेस्टुरेन्टहरू स्थानीय र विदेशी दुवैबीच लोकप्रिय छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’