बिहार विधानसभा: पहिलो चरणमा आज १८ जिल्लामा १ सय २१ सिटका लागि निर्वाचन हुँदै

बिहार विधानसभा: पहिलो चरणमा आज १८ जिल्लामा १ सय २१ सिटका लागि निर्वाचन हुँदै
+
-
देशसञ्चार AI सारांश
  • बिहार विधानसभाको पहिलो चरणको निर्वाचनमा १८ जिल्लाका १२१ सिटका लागि आज मतदान भइरहेको छ।
  • पहिलो चरणमा ३.७५ करोड भोटर्सले १३१४ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन्, जसका लागि ४५,३४१ बूथ राखिएको छ।
  • निर्वाचनमा १० सिटलाई हट सिट मानिएको छ, जहाँ धेरै ठूला अनुहार तथा १८ मन्त्रीहरुको भाग्यको निर्णय हुनेछ।

बिहार विधानसभाको निर्वाचनमा आज पहिलो चरणको मतदान भइरहेको छ। १८ जिल्लाको १ सय २१ सिटका लागि अहिले मतदान भइरहेको हो। मतदान बेलुका ५ बजेसम्म हुनेछ। पहिलो चरणको निर्वाचनमा १ सय ४ सिटमा दुई पक्ष बिच सिधा प्रतिस्पर्धा हुँदा अन्य १७ सिटमा भने त्रिपक्षीय भिड्न्त हुँदैछ।

बिहारमा कुल २ सय ४३ सिटका लागि २ चरणमा निर्वाचन हुँदैछ। चुनावको नतिजा १४ नोभेम्बरमा सार्वजानिक गरिने छ। पहिलो चरणमा १३१४ उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यि उम्मेद्वारको भाग्यको फैसला ३.७५ करोड भोटर्सले गर्ने छन्। भोटिङका लागि ४५, ३४१ बूथ बनाइएको छ।

पहिलो चरणमा १० सिटलाइ हट सिटका रुपमा हेरिएको छ। जसमा तेतस्वी यादव, तेजप्रताप यादव, सम्राट चौधरी विजय कुमार सिन्हा, अन्नत सिंह लगायत ठुलो अनुहार सहित १८ मन्त्रीहरुको समेत भाग्यको फैसला हुने छ। सुरक्षाका लागि ४ लाख भन्दा धेरै सुरक्षाकर्मी खटाइएको छ।

यो पटकको बिहार चुनावमा एनडीए गठबन्धन (जदयू, भाजपा, एलजेपीआर, आरएलएम) लगायत रहँदा महागठबन्धनको तर्फबाट (राजद, कांग्रेस, सिपीआई एमएल, भिआइपी तथा सीपीआइ) चुनावी मैदानमा रहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’